अमेरिकाको ल्यूइस्टन सहर गोलीबारी, १६ जनाको मृत्यु

अमेरिकाको ल्यूइस्टन सहर गोलीबारी, १६ जनाको मृत्यु


काठमाडौं । अमेरिकाको ल्यूइस्टन सहरमा भएको गोलीबारीमा परि १६ जनाको ज्यान गएको छ भने २० जना घाइते भएका छन् । उक्त घटनामा संलग्न हतियारधारी अझै खुला रुपमा हिँडिरहेको प्रहरीले जनाएको छ । प्रहरीले स्थानीय नागरिकलाई सावधान रहन आह्वान गरेको छ ।

प्रहरीका अनुसार विभिन्न स्थानमा भएका हमलाबारे अनुसन्धान भइरहेको छ । प्रहरीले संदिग्ध हमलाकारीको तस्बिरसमेत जारी गरेको छ ।ह्वाइट हाउसका अनुसार राष्ट्रपति जो बाइडेनलाई उक्त घटनाको जानकारी दिइएको छ ।