अमरेश सिंहले एनसेलविरुद्ध दायर गरेको रिटमा आज सुनवाई हुँदै

अमरेश सिंहले एनसेलविरुद्ध दायर गरेको रिटमा आज सुनवाई हुँदै


काठमाडौं । एनसेलको खरिद बिक्रि प्रक्रियाका विरुद्धमा सांसद अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ । उक्त रिट निवेदनमाथि सुनुवाइका लागि आइतबार र सोमबार दुबै दिन पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परे पछि आजबाट सुनवाई हुन लागेको हो ।

गत शुक्रबार सांसद सिंहले दायर गरेको रिट निवेदनमा आइतबार सुनवाई हुने भनिएको थियो । तर, आइतबार र सोमवार भने ‘हेर्न नभ्याइने’ भन्दै आजका लागि पेशी सारिएको थियो ।

सांसद सिंहले नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको सेयर खरिद–बिक्री भएको दाबी गर्दैै गत शुक्रबार उनले रिट दर्ता गराएका हुन । आफनो निवेदनमा उनले सेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन माग गरेका छन् ।