आइपिएलः गुजरातमाथि रोयल च्यालेन्जर्स विजयी

आइपिएलः गुजरातमाथि रोयल च्यालेन्जर्स विजयी


काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले गुजरात टाइटन्सलाई पराजित गरेको छ ।शनिबार राति सम्पन्न खेलमा रोयल च्यालेन्जर्सले गुजरातलाई ४ विकेटले पराजित गरेको हो ।

गुजरातले दिएको १४८ रनको लक्ष्य पछाएको रोयल च्यालेन्जर्सले १३.४ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।यस अघि गुजरातले टस हारेर पहिला ब्याटिंग गर्दै १९.३ ओभरमा अल आउट हुदै १४७ रन बनाएको थियो ।

यो जितपछि रोयल च्यालेन्जर्स बैंगलुरुको ११ खेलमा ४ जितसहित ८ अंक भएको छ र सातौं स्थानमा उक्लिएको छ । त्यस्तै गुजरातको भने यो सातौं हार हो । ११ खेलमा ८ अंक रहेको गुजरात नवौं स्थानमा झरेको छ ।