आइसीसी क्रिकेटः नेपाल र सिंगापुरबीच प्रतिस्पर्धा हुँदै

आइसीसी क्रिकेटः नेपाल र सिंगापुरबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । नेपाल र सिंगापुर बिचमा प्रतिस्पर्धा हुँदैछ । आईसीसी टी– २० विश्वकप क्रिकेट छनौट प्रतियोगिताका लागि नेपाल र सिंगापुरबीच प्रतिस्पर्धा हुन लागेको हो ।सो खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ । उक्त खेल नेपाली समयअनुसार, बिहान ९ बजेबाट सुरु हुनेछ ।

आईसीसी टी–२० विश्वकप क्रिकेट छनौट प्रतियोगितामा एसियाली क्षेत्रका ८ राष्ट्रले आज सोमबारदेखि नेपालका दुईवटा रंगशालामा प्रतिस्पर्धा गर्दैछन ।जसअनुसार आज नेपाल र सिंगापुर बिचमा पहिलो प्रतिस्पर्धा हुन लागेको हो । सोही समयमा मुलपानी क्रिकेट मैदानमा भने खाडी राष्ट्रका दुई मुलुक बहराइन र यूएईबिच दोस्रो अर्को खेल हुनेछ ।