आइसीसी क्रिकेट विश्वकपः नेपाल र ओमानले अंक बाँडे

आइसीसी क्रिकेट विश्वकपः नेपाल र ओमानले अंक बाँडे


काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ को सिरिज अन्तर्गत नेपाल र ओमानबीचको खेल बर्षाले गर्दा रद्ध भएको छ । क्यानडाको ओन्टारियोस्थित किंग सिटी स्टेडियममा मंगलबार राति हुनुपर्ने खेल बर्षाका कारण हुन नसकेपछि रद्ध भएको हो । खेल रद्ध भएपछि नेपाल र ओमानले एक एक अंक बाँडेका छन् ।

योसँगै नेपालको यो सिरिजमा बिर्सन लायक अन्त्य भएको छ । नेपालले यस सिरिजका ४ मध्य तीन खेलमा हार बेहोरेको थियो ।लिग(–२ मा नेपाल ८ खेलमा ६ हारसहित केवल ३ अंकसहित सातौं स्थानमा रहेको छ । त्यसैगरी ओमानको भने ७ खेलमा ६ अंक रहेको छ र छैटौं स्थानमा छ ।