आइसीसी टी–२० विश्वकपः आज क्यानडा र आयरल्याण्डबीच खेल हुँदै

आइसीसी टी–२० विश्वकपः आज क्यानडा र आयरल्याण्डबीच खेल हुँदै

काठमाडौं । जारी आइसीसी टी–२० विश्वकप अन्तर्गत आज क्यानडा र आयरल्याण्डबीच खेल हुदै छ । न्यूयोर्कमा हुने यो खेल नेपाली समय अनुसार राति ८ः १५ बजेदेखि शुरु हुने छ ।

क्यानडा र अमेरिका दुवैले यस अघिका आफ्ना पहिलो खेलमा हार बेहोरेका छन् । क्यानडा अमेरिकासँग पराजित भएको थियो भने आयरल्याण्ड भारतसँग पराजित भएको थियो ।

दुवै देशबीच अहिलेसम्म ४ टी–२० अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा दुवैले २–२ खेल जितेका छन् । सुपर आठमा पुग्न दुवै देशका लागि यस खेलको जित महत्वपूर्ण रहेको छ ।