आईसीसी महिला टी–२० विश्वकपः भुटानविरुद्ध नेपालको जित

आईसीसी महिला टी–२० विश्वकपः भुटानविरुद्ध नेपालको जित

काठमाडौं, १७ भदौ । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्रको छनोट खेलमा नेपालले भुटानलाई ३ विकेटले पराजित गरेको छ ।यूकेएम वाईएसडी क्रिकेट ओभलमा टस हारेर ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ३९ रन बनाएर जितका लागि दिएको ४० रनको लक्ष्य नेपालले १३ ओभरमा पूरा गरेर विजयी भएको हो ।

नेपालका लागि रुविना क्षेत्रीले नटआउट १२ रन बनाइन् । कविता जोशीले ९ रन, सीता राना मगरले ८, पूजा महतोले ३ रन बनाइन् । भुटानका लागि अन्जुली घलेले ३, छिरिङ जाङमोले २, अन्जु गुरुङ र सोनमले १÷१ विकेट लिए ।नेपालका लागि पूजा महतोले ३ विकेट लिइन् । यस्तै कविता कुँवर, रुविना क्षेत्री र खुसी डंगोलले ११ विकेट लिए ।