आज जापानको सामना गर्दै नेपाली महिला फुटबल टिम

आज जापानको सामना गर्दै नेपाली महिला फुटबल टिम

काठमाडौं, ८ असोज । आज नेपालले १९औं एशियन गेम्स अन्तर्गतको महिला फुटबलमा जापानको सामना गर्दै छ ।यो खेल नेपाली समय अनुसार ५: १५ बजेदेखि शुरु हुदै छ । यस अघि एशियन गेम्सको महिला फुटबल अन्तर्गत समुह डी मा रहेको नेपालले भियतनामसँग २–० गोल अन्तरको हार बेहोरेको थियो । त्यस्तै जापानले भने आफ्नो पहिलो खेलमा बंगलादेशलाई ८–० गोल अन्तरले पराजित गरको थियो ।

फिफाको महिला टिमको वरियतामा जापान आठौँ स्थानमा रहेको छ भने नेपाल १०१औं स्थानमा रहेको छ ।एशियन गेम्स अन्तर्गत नेपालले आफ्नो अन्तिम खेल विहिबार बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।