आज दोहोरो अंकले बढ्यो सेयर बजार

आज दोहोरो अंकले बढ्यो सेयर बजार

काठमाडौं, ३० असोज । आज सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । साताको पहिलो दिन आइतबार साार्वजनिक विदा परेको थियो भने सोमबार २३.१६ अंकले घटेको सेयर बजार आज १३.१८ अंकले बढेको हो । आज ०.७१ प्रतिशतले बढेको बजार १८६४.६२ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३८ लाख १३ हजार २३३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८४ लाख ३७ हजार ८६० रुपैयाँको कारोबार भएको छ । यसदिन व्यापार, निर्जीवन बिमा, होटल तथा पर्यटन उपसूचकको मूल्य घट्दा अन्य सबै उपसूचकको मूल्य बढेको छ ।