आज पनि संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै

आज पनि संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै

काठमाडौं, बैशाख २६ गते । आज पनि संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दैछ । आज राष्ट्रिय सभाको बैठक बिहान साढे १० बजे तथा प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्न लागेको हो ।

आजको बैठकमा सरकारले गत आइतबार प्रस्तुत गरेको आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल हुनेछ ।सोमबारबाट सुरु भएको बजेटका सिद्धान्त र प्राथमिकतामा सोमबार सांसदहरूले बोल्ने क्रम नसकिएकाले आज पनि सोही विषयमा छलफल हुने संसद् सचिवालयले जनाएको छ ।

बुधबार भने सरकारको तर्फबाट अर्थमन्त्री डा.प्रकाशशरण महतले सांसदले उठाएका प्रश्नको जवाफ दिनेछन् ।प्रि–बजेट छलफलमा सांसदहरूले उठाएका प्रश्नका जवाफ अर्थमन्त्रीले दिइसकेपछि सरकारको नीति तथा कार्यक्रम आउनेछ । त्यसपछि १५ जेठमा बजेट प्रस्तुत हुनेछ ।