आज भूकम्पको आठौं स्मृति दिवस मनाइँदै

आज भूकम्पको आठौं स्मृति दिवस मनाइँदै

आज भूकम्पको आठौं स्मृति दिवस मनाइँदैछ । ८ वर्षअघि वि.सं. २०७२ साल बैशाख १२ गतेको दिन गएको महाभुकम्पको सम्झनामा आज स्मृति दिवस मनाउन लागिएको हो।  

वैशाख १२ गते मध्याह्न ११.५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भई गएको ७.६ रेक्टर स्केलको भूकम्पका कारण आठ लाखभन्दा बढी निजी आवास भत्केका थिए ।

यस्तै २०७२ को महाभूकम्पमा ८ हजार ८ सय ९१ जनाभन्दा बढीको मृत्यु भएको थियो । भूकम्पमा घाइते भएकाहरू उपचारकै क्रममा मृत्यु हुने क्रम पछिसम्म चलेको थियो । जसमा २२ हजार ३ सयभन्दा बढी घाइते भएका थिए । अझ भूकम्पपछिको कुपोषण र रोगले मानिसको ज्यान लियो नै । त्यो भूकम्पमा ९ लाख घर ध्वस्त भएको थियो ।

यस्तैगरि भूकम्पले गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौँ, ललितपुर र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति भएको थियो ।