आजको विदेशी मुद्राको विनिमय दर, घट्यो युरो र पाउण्डको भाउ

आजको विदेशी मुद्राको विनिमय दर, घट्यो युरो र पाउण्डको भाउ

काठमाडौं, ६ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।राष्ट्र बैंकका अनुसार आज बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ०३ पैसा र बिक्री दर १६८ रुपैयाँ ८० पैसा र्निधारण गरेको छ । हिजोको तुलनामा आज पाउण्को भाउ घटेर आएको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९१ पैसा र बिक्री दर ३६ रुपैयाँ ०८ पैसा रहेको छ ।यस्तै, अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ८२ पैसा र बिक्री दर १३१ रुपैयाँ ४२ पैसा तथा युरो एकको खरिद दर १४५ रुपैयाँ ५४ पैसा र बिक्री दर १४६ रुपैयाँ २० पैसा रहेको छ ।

हिजोको तलुनामा युरोको खरिद दर र बिक्री दर दुवै घटेको छ । हिजो युरो एकको खरिद दर १४६ रुपैयाँ ६२ पैसा र बिक्री दर १४७ रुपैयाँ ३० पैसा रहेको थियो ।भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।