आजको  विदेशी मुद्राको  विनिमयदर, कुन देशको कति ?

आजको  विदेशी मुद्राको  विनिमयदर, कुन देशको कति ?


काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ७७ पैसा र बिक्री दर १६७ रुपैयाँ ५२ पैसा पुगेको छ । युरो एकको खरिद दर १४५ रुपैयाँ ६२ पैसा र बिक्री दर १४६ रुपैयाँ २७ पैसा रहेको छ ।

यस्तै, अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०८ पैसा र बिक्री दर १३३ रुपैयाँ ६८ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा र क्यानाडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ०८ पैसा र बिक्री दर ९७ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।