आजको विदेशी मुद्राको विनिमयदरः घट्यो युरोको भाउ

आजको विदेशी मुद्राको विनिमयदरः घट्यो युरोको भाउ


काठमाडौं २९ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज युरो एकको खरिददर १४४ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४३ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६८ पैसा निर्धारण भएको छ ।

यस्तै, अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ २६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८६ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको छ । यस्तै, भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ रहेको छ भने बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ ।