आजको विदेशी मुद्राको विनिमयदर, डलरकाे भाउ १३२ रुपैयाँ बढी

आजको विदेशी मुद्राको विनिमयदर, डलरकाे भाउ १३२ रुपैयाँ बढी

काठमाडौ, ३१ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ रहेको छ भने बिक्रीदर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ ।  

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिददर १३२ रूपैयाँ ४३ पैसा र बिक्रीदर १३३ रूपैयाँ ०३ पैसामा काराेबार हुदाँ युराेपियन युरो एकको खरिददर १४४ रूपैयाँ ८० पैसा र बिक्रीदर १४५ रूपैयाँ ४६ पैसामा काराेबार गर्न सकिने छ ।

बेलायती पाउण्ड एकको खरिददर १६८ रूपैयाँ २३ पैसा र बिक्रीदर १६८ रूपैयाँ ९९ पैसामा खरिदबिक्री हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८५.७२ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.१ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ १५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ६० पैसामा काराेबार गर्न सकिने छ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १ पैसा र बिक्रीदर ९ रुपैयाँ १४ पैसामा काराेबार गर्न अनुमति दिएकाे राष्ट् बै‌कले दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९ पैसा र बिक्रीदर  ९ रूपैयाँ ९५ पैसा कायम गरेकाे छ ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिददर ३६ रूपैयाँ ३४ पैसा र बिक्री दर ३६ रूपैयाँ ५१ पैसामा काराेबार गर्न सकिने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.३५ रुपैयाँ रहेको छ भने बिक्रीदर ३५.४७  रुपैयाँमा, मलेसियन रिंगिट एकको खरिददर २८.५७ रुपैयाँ रहेको छ भने बिक्री दर २८.७०  रुपैयाँ  तथा कुवेती दिनार १ को खरिदमूल्य ४३०.४१ पैसा  विक्रीदर ४३२.३६ पैसामा काराेबारकाे अनुमति दिएकाे छ ।