मारिउपोलमा १ हजारभन्दा बढी युक्रेनी सैनिकद्वारा आत्मसमर्पण

मारिउपोलमा १ हजारभन्दा बढी युक्रेनी सैनिकद्वारा आत्मसमर्पण

एक हजारभन्दा बढी युक्रेनी सैनिकले पूर्वी युक्रेनको बन्दरगाह शहर मारिउपोलमा आत्मसमर्पण गरेको रूसी रक्षा मन्त्रालयले जनाएको छ।

बुधबार  विज्ञप्ति जारी गर्दै मन्त्रालयले ती सैनिकलाई रुसी सेनाले एक महिनाभन्दा बढी समयदेखि घेरामा राखेको जनाएको छ।

मारिउपोल शहरमा एक हजार २६ युक्रेनी सैनिकहरूले स्वेच्छाले हतियार त्यागेर आत्मसमर्पण गरेको मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ।