आयल निगमका पूर्व कार्यकारी निर्देशक खड्काविरुद्ध पक्राउ पुर्जी जारी

1.

नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। 

यसअघि उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको थियो तर मद्धा सुनुवाईका पटक पटक ताकेता गर्दा पनि उपस्थित नभएपछि पक्राउ पुर्जी जारि गरिएको हो।  

विशेष अदालतका न्यायाधिशहरु यमुना भट्टराई, बलभद्र बास्तोला र खुसीप्रसाद थारुको संयुक्त इजालसले सोमबार खड्काविरुद्ध पक्राउ पुर्जी जारी गर्न आदेश दिएका छन्।  गत वर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २३ पुस ०७५ मा १८ करोड रुपैयाँभन्दा बढी अकुत सम्पत्ती आर्जन गरेको भन्दै उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।  

उक्त मुद्दामा उनलाई पटकपटक ताकेता गर्दा पनि उपस्थित जनाएका थिएनन्।  अख्तियारले शुरुमा खड्काविरुद्ध पेट्रोलियम पदार्थ भण्डारण गृह निर्माणका लागि चार स्थान (झापा, सर्लाही, चितवन र रुपन्देही)मा जग्गा खरिद गर्दा ठूलो रकम भ्रष्टाचार गरेको आरोपमा छानबिन थालेको थियो ।