इजरायली हमलामा ७ हजार प्यालेस्टाइनी भग्नावशेष मुनी, कस्तो होला अवस्था ?

इजरायली हमलामा ७ हजार प्यालेस्टाइनी भग्नावशेष मुनी, कस्तो होला अवस्था ?


काठमाडौं । इजरायली आक्रामणबाट अहिलेसम्म गाजामा करिब २४ हजार मारिएका छन् । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ देखि इजरायली आक्रामणवाट लगभग २४ हजार प्यालेस्टाइनी मारिएका हुन् ।

इजरायल हमास युद्ध सुरु भएदेखि गाजा पट्टीमा इजरायली आक्रमणमा कम्तीमा २३,७०८ प्यालेस्टाइनी मारिएका तथा ६० हजार बढी घाइते भएका प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

विगत २४ घण्टामा मात्रै करिब १५१ प्यालेस्टाइनीको मृत्यु भएको र २४८ जना घाइते भएका छन् ।लगभग ७ हजार अन्य भग्नावशेषमुनि हराइरहेका छन् र यसरी हराएकाहरूको मृत्यु भएको अनुमान गरिएको छ ।तर, आधिकारिक मृत्युको संख्या अझै गणना गरिएको छैन।