इटालियन सिरी एः रोमामाथि युभेन्टस विजयी

इटालियन सिरी एः रोमामाथि युभेन्टस विजयी


काठमाडौं । इटालियन सिरी ए अन्तर्गत युभेन्टसले एएस रोमालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा युभेन्टसले रोमालाई १–० गोल अन्तरले पराजित गरेको हो । युभेन्टसको जितमा खेलको ४७औं मिनेटमा एड्रियन राबिओटले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि युभेन्टस १८ खेलमा ४३ अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै रोमाको भने यो यस सिजनमा छैटौं हार हो । १८ खेलमा २८ अंक रहेको रोमा लिगमा सातौँ स्थानमा रहेको छ ।