इरान र इजरायलबीच तनाव बढ्यो, युद्ध हुँने संकेत

इरान र इजरायलबीच तनाव बढ्यो, युद्ध हुँने संकेत


काठमाडौं । इरान र इजरायलबीच तनाव बढेको छ । मिडिया रिपोर्टका अनुसार इजरायलले अप्रिल १ मा सिरियास्थित इरानी वाणिज्य दुतावासमा आक्रमण गरेपछि दुवै देशबीच तनाव बढेको हो ।सो आक्रमणमा दुई इरानी सेना कमाण्डरसहित १३ जनाको मृत्यु भएको थियो । त्यसपछि इरानले इजरायललाई बदला लिने धम्की दिएको थियो ।

यस विषयमा इरानले अमेरिकालाई इरान र इजरायलबीच नआउन चेतावनी पनि दिएको छ । इरानी राष्ट्रपतिका राजनीतिक मामिलाका लागि डेपुटी चिफ अफ स्टाफ मोहम्मद जमशिदीले अमेरिकालाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको जालमा नपर्न चेतावनी दिदै यस विषयमा टाढा बस्न आग्रह गरेका थिए ।

यद्यपी अमेरिकाले उक्त धम्कीप्रति आधिकारिक प्रतिक्रिया दिएको छैन ।यसैबीच अमेरिकी सञ्चारमाध्यम सीएनएनले इरानले इजरायली र अमेरिकी लक्ष्यमा आक्रमण गर्ने बारे अमेरिकी सेना उच्च सतर्कतामा रहेको उल्लेख गरेको छ ।