उदयपुरमा आगलागीको प्रकोप बढ्दै, शाहीडाँडामा आगालागी हुँदा दुई घर जलेर नष्ट

1.

उदयपुरमा आगलागी तथा डढेलोको प्रकोप बढ्दै जाँदा ताप्लि गाउँपालिका- ५ रुपाटारस्थित शाहीडाँडामा गएराती आगालागी भएको छ।  बुधबार राति अचानक आगो सल्किदा स्थानीय शुभशेर राई र कमलशेर राईको दुईवटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ।  

उक्त क्षेत्रमा भएको आगलागीबाट करिब २८ लाखको धनमाल नष्ट भएको हो।  आगालागीबाट शुभशेरको घर,गाईगोठमा रहेका दुईवटा गोरु, तीनवटा गाई, नौंवटा बाख्रापाठा,अन्नपात, लत्ताकपडा, भाडावर्तन गरी १५ लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहन थापाले जानकारी दिए।  


यस्तै गरका पिडित कमलसेरको घरमा आगलागी हुँदा दुईवटा गोरु,दुईवटा गाई,छवटा बाख्रापाठा,सुँगुर ५ वटा र अन्नपात,लत्ताकपडा,भाडावर्तन गरी १३ लाखको क्षति पुगेको छ। 

सोहि आगोलाई प्रहरी र स्थानीयहरुको प्रयासले नियन्त्रणमा लिइएको  थियो।  तर आगालागी कसरि भयो भन्ने निश्चित प्रमाण नभेतिएको प्रहरीले जनाएको छ।