एफसी खुमलटारसँग  २–० गोलले एपिएफको जित 

एफसी खुमलटारसँग  २–० गोलले एपिएफको जित 

सहिद स्मारक ए डिभिजन लिगमा आज सशस्त्र प्रहरी बलको एपिएफ क्लबले विजय हासिल गरेको छ। एपीएफ फुटबल क्लबले एफसी खुमलटारलाई २–० गोलले पराजित गरेको हो।

सोमबार भएको खेलमा एपिएफका लागि एबडोउ रमनीले २५ मिनेटमा पहिलो गोल गरे र ७० मिनेटमा अर्मान्ड ब्रेडमले फेरि अर्को गोल गर्दै खुमलटारमाथि २-० गोलको जित भएको थियो।

यतिबेला एपिएफ जितसँगै पाँचौ स्थान बनाएको छ । जसमा १२ खेलबाट १७ अंक भएको छ। यस्तै एपी खुमलटार १३ अंकसहित एघारौं स्थानमा छ।