एयरपोर्ट बाहिरबाट बरामद सुन टक्सार महाशाखामा पगालिँदै

एयरपोर्ट बाहिरबाट बरामद सुन टक्सार महाशाखामा पगालिँदै

काठमाडौं, २९ साउन । राजस्वले बरामद गरेको सुन पगालेर जोखिने भएको छ ।राजस्व अनुसन्धान विभागले बरामद गरेको सुनको परिमाण यकिन गर्न पगाल्ने प्रक्रिया सुरू गरिएको छ ।

टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले आजबाट सुन पगालेर जोख्न सुरु गरिएको जानकारी दिएक्ँ छन्् । पत्रकारसंग उनले भने ‘आजबाट सुन जोख्न सुरु हुन्छ । सुरुमा आज हामीले एउटा ब्रेक शु खोलेर हामीले डेमो देखाउने छौँ । त्यसपछि सुन जोख्ने काम सुरु हुने छ । अब करिब १ घण्टापछि हामीले एउटा ब्रेक शुमा कति सुन छ भनेर डेमो देखाउने छौँ । त्यसपछि सुन जोख्ने काम हुने छ ।’