एसियन च्याम्पियन्स लिगः क्वाटरफाइनलबाटै बाहिरियो रोनाल्डोको टिम

 एसियन च्याम्पियन्स लिगः क्वाटरफाइनलबाटै बाहिरियो रोनाल्डोको टिम

काठमाडौं । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो आवद्ध अल नासर एसियन च्याम्पयिन्स लिगको क्वाटरफाइनलबाट बाहिरिएको छ । सोमबार राति भएको खेलमा युएइएको क्लब अल एइनसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि साउदी क्लब अल नासर बाहिरिएको हो । पहिलो लगेमा १–० ले पराजित भएको अल नासरले सोमबार रातिको दोस्रो लेगमा ४–३ को जित निकालेको थियो ।

समग्रमा ३–३ को बराबरी भएपछि अतिरिक्त ३० मिनेट खेलाइएको थियो । जसमा दुवै टिमले एक एक गोल गरेपछि नतिजा निकाल्न पेनाल्टी सुटआउटको सहारा लिनु परेको थियो ।   अतिरिक्त समयमा दुवै टिमले १–१ गोल गरेपछि नासर ४–३ ले विजयी हुँदा खेल समग्रमा खेल ४–४ को अवस्थामा टुंग्एिको थियो । 

जसमा नासरका लागि रोनाल्डोलेमात्रै पेनाल्टीमा गोल गर्दा अरु खेलाडी असफल भएका थिए । अल एइनका सोउफिएन रहिमी, काकु र सुल्तान अल साम्सीले गरेको प्रहार गोलमा परिणत भएका थियो ।  जितसँगै अल एइन सेमिफाइनलमा प्रवेश गरेको छ ।