एसियाली क्रिकेटः माल्दिभ्सलाई नेपालले दियो २१३ रनको लक्ष्य

एसियाली क्रिकेटः माल्दिभ्सलाई नेपालले दियो २१३ रनको लक्ष्य

काठमाडौं, १४ असोज । नेपालले माल्दिभ्सलाई २१३ रनको लक्ष्य दिएको छ ।चीनमा भइरहेको १९ औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको जारी खेलमा नेपालले माल्दिभ्सलाई २१३ रनको लक्ष्य दिएको हो । टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १२ रन जोडेका हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ५२, गुल्सन झाले ३५ , कुशल मल्लले ४७ र कुशल भुर्तेलले ३५ रन बनाएको खेलमा माल्दिभ्सले फराकिलो चुनौती पाएको हो ।यसो त ६७ रनमा ४ विकेट गुमाएको नेपालको खेललाई रोहित, गुल्सन र कुशल मल्लले सम्हालेर २१३ रनको लक्ष्य दिएका हुन ।