कंगोमा बाढी पहिरो, ४० जनाको मृत्यु

कंगोमा बाढी पहिरो, ४० जनाको मृत्यु


काठमाडौं । कंगोमा बाढी पहिरोमा परी ४० जनाको मृत्यु भएको छ । कंगोको पूर्वी प्रजातान्त्रिक गणतन्त्रको दक्षिण किभु प्रान्तको राजधानी बुकाभुमा मङ्गलबार राति देखी परेको भारी वर्षामा परी ४० जनाको मृत्यु भएको हो ।

उक्त बाढी र पहिरोमा परी कम्तीमा ४० जनाको ज्यान गएको र सयौं घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्।प्रान्तीय गभर्नरको कार्यालयका अनुसार बुकाभुमा कम्तिमा २० जना र वरपरको गाउँ बुर्हिनीमा २० जना मारिएका छन्।