कांग्रेस नेता रमेशजंग रायमाझीको अभिव्यक्तिप्रति एमालेको आपत्ति

कांग्रेस नेता रमेशजंग रायमाझीको अभिव्यक्तिप्रति एमालेको आपत्ति



काठमाडौं, २५ वैशाख । राष्ट्रिय सभा कांग्रेस संसदीय दलका नेता रमेशजंग शाहीको अभिव्यक्तिप्रति एमालेले आपत्ति जनाएको छ । आज राष्ट्रिय सभा बैठक सुरु भएलगत्तै एमालेका सांसदहरु उठेर रायमाझीको अभिव्यक्तिप्रति विरोध जनाएका हुन् । सुरुमै अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकलाई कार्यसूचीमा प्रवेश गराउन खोजेपछि एमालेका सांसद उठे । अध्यक्ष तिमिल्सिनाले एमालेका भैरवसुन्दर श्रेष्ठलाई बोल्न समय दिए ।  

 यसपछि श्रेष्ठले चालु अधिवेशनको पहिलो बैठक आज कांग्रेस नेता रायमाझीले एमाले अध्यक्ष केपी शर्मा ओली र सचिव टोपबहादुर रायमाझीलाई जोडेर दिएको अभिव्यक्तिको आपत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गरे । उनको मागअनुसार अध्यक्ष तिमिल्सिनाले आफूले सुनेर आवश्यक निर्णय लिने र जानकारी गराउन बताए । 

 यसपछि एमाले सांसदहरु आ–आफ्नो सिटमा बसेपछि अहिले बैठक चलिरहेको छ । बैठकमा आगामी आर्थिक वर्षको लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा सदस्यहरुले आ–आफ्नो धारणा राखेका छन् ।