काठमाडौंमा देशैभरीको शिक्षक जम्मा, आजदेखि प्रदर्शनमा उत्रदै

काठमाडौंमा देशैभरीको शिक्षक जम्मा, आजदेखि प्रदर्शनमा उत्रदै


काठमाडौं, ३ असोज । विद्यालय शिक्षा विधेयकको विरोधमा काठमाडौं केन्द्रित आन्दोलन सुरु भएको छ । सो विधेयकको विरोधमा आज देशभरका शिक्षक कर्मचारीहरू काठमाडौँमा केन्द्रित भएर आन्दोलनमा उत्रन लागेका हुन् ।

विद्यालय शिक्षा विधेयकको विरोधमा काठमाडौँमा सडक आन्दोलन गर्नका लागि ७७ वटै जिल्लाबाट राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारी काठमाडौँ आएका छन । नेपाल शिक्षक महासङ्घको आह्वानमा आज ११ बजेदेखि माइतीघर मण्डलामा विरोध प्रदर्शन सुरु गर्नेछन् ।