काठमाण्डौको हितमा काम गर्न नसके  सिंहदरबार अरु पालिकामा सार्नुस: प्रमुख बालेन

1.

काठमाण्डौ महानगरपालिका मेयर बालेन्द्र साहले सिंहदरबार अरु पालिकामा सार्न सरकालाई आग्रह गरेका छन्।  काठमाडौंको हितमा काम गर्न नसके सिंहदरबार अरु पालिकामा सार्न सरकारलाई अनुरोध गरेका हुन्।  

आज उनले सामाजिक संजालमा लेख्दै सिंहदरबार सारे वा राजधानी सारे पनि आफु काठमाण्डौ बासीहरुलाई कुनै आपत्ति नहुने जिकिर गरे।  उनले भने, 'कि काठमाडौंको हितमा काम गर्नुहोस , कि सिंहदरबार अरु पालिकामा सार्नुहोस । हामी काठमाडौं बासीलाई कुनै आपत्ती छैन , चाहे सिंहदरबार सार्नुस कि राज्धानी सार्नुस  ।'

यस्तै आफुहरुलाई राजनीति नचाहिने भन्दै काठमाण्डौको सम्पदा, संकृती , कला, सभ्यता चाहिने समेत उनले बताए।