केन्द्रीय समिति विस्तार गर्ने नेकपा माओवादी केन्द्रको निर्णय

केन्द्रीय समिति विस्तार गर्ने नेकपा माओवादी केन्द्रको निर्णय

काठमाडौं, १७ साउन । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको छ । आज बिहान बसेको पदाधिकारी र स्थायी कमिटी बैठकले केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको हो ।

३८५ सदस्यीय केन्द्रीय समितिलाई ४०७ सदस्यीय बनाउने माओवादीको तयारी छ । यसका लागि केन्द्रीय समिति बैठकमा विधान संशोधन प्रस्ताव पेस गरिँदै छ । माओवादी केन्द्रको पाँच दिने केन्द्रीय समिति बैठकआजदेखि सुरु हुँदै छ ।