कानून भन्दामाथि कोही छैन भन्ने सत्य व्यवहारमा देखिएन : सांसद सिंह

कानून भन्दामाथि कोही छैन भन्ने सत्य व्यवहारमा देखिएन : सांसद सिंह


काठमाडौ, ७ भदौ ।  देशमा संविधानले कानून भन्दामाथि कसैलाई नराखेको भएतापनि व्यवहारमा त्यो नदेखिएको स्वतन्त्र सांसद अमरेश कुमार सिंहले गुनासो गरेका छन् ।  

आज बसेको प्रतिनिधिसभाको बैठकमा सांसद सिंहले ललिता निवासको प्रकरणमा पूर्व प्रधानमन्त्रीहरुको घरमै गएर बयान लिएको भन्दै उनले ठूलाबडाका लागि व्यवहारमा समान कानून नदेखिएको बताएका हुन् ।

उनले भने ,‘कानून भन्दा माथि बस्न संविधानले कसैलाई दिएको छैन तर व्यवहारमा भइरहेको छ । काठमाडौं ललिता निवास प्रकरणमा दुईजना पूर्व प्रधानमन्त्रीलाई घरमा गएर बयान लिने त्यो आम जनतालाई उपलब्ध हुन्छ कि हुँदैन् ? यो कस्तो कानूनी राज्य हो कि ठूलाबडाको लागि एउटा कानून र संविधान छ भनि पढ्न पाउँ ।’