केपी ओली कमल थापासँग चुनावी तालमेल गर्दैछन्ः प्रचण्ड

केपी ओली कमल थापासँग चुनावी तालमेल गर्दैछन्ः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीलाई रुपान्तरण गर्न सकिन्छ कि भनेर एमालेसँग पार्टी एकता गरेपनि रुपान्तरण गर्न नसकिएको बताएका छन् । आइतबार पोखरामा प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओलीलाई रुपान्तरण गर्न गरेको प्रयास सफल नभएको बताएका हुन् ।

आफूहरुले ओलीलाई रुपान्तरण गर्ने प्रयास गरेपनि ओली भने पछिल्लो समय कमल थापासँग चुनावी तालमेल गर्ने अवस्थामा पुगेको प्रचण्डले टिप्पणी गरे। ‘केपी ओलीलाई रुपान्तरण गर्न सकिएला भनेर हामीले एकता गर्‍यौं। सकिएन । हुदाहुँदा ओलीजी त कमल थापासंग चुनावी तालमेल गर्ने तयारी गर्दै हुनुहुन्छ रे,’ प्रचण्डले भने।  

माओवादी पार्टीलाई रुपान्तरण गर्न कम्युनिस्टको केन्द्र बनाइने प्रचण्डले दाबी गरे।  ‘यो पार्टी क्रान्तिकारी पार्टीकै रुपमा रुपान्तरण गर्ने वा त्यतिकै छोडिदिनेरु बनाउन सम्भव छ भन्ने कुरा प्रतिगमन विरुद्धको आन्दोलनले देखायो। फलाम तातेको बेला हान्न पर्छ, यहि हो बेला हामी पार्टी निमार्णतिर लाग्नु पर्छ,’ प्रचण्डले भने। ओलीको प्रतिगमन विरुद्धको आन्दोलनमा माओवादीले नेतृत्व गरेको दाबी गर्दै प्रचण्डले त्यसमा अरु कसैले नेतृत्व गरेको भए सम्भव नहुने जिकिर समेत गरे।