कपनमा बालेनको डोजर, स्थानीयले गरे विरोध

कपनमा बालेनको डोजर, स्थानीयले गरे विरोध


काठमाडौं, २५ साउन । बूढानीलकण्ठ नगरपालिका र काठमाडौं महानगरपालिका वडा नम्बर ७ को सीमाना पर्ने कपन खोलामाथि राखिएको स्ल्याब हटाउन महानगरको टोली कपन पुगेको छ । आज काठमाडौं महानगरपालिका –७ स्थित कपन खोलामाथि राखिएको स्ल्याब हटाउन काठमाडौं महानगरपालिकाको नगरप्रहरीको टोली कपनको साततले पुगेको हो ।

स्ल्याब हटाउन गएको महानगरको नगरप्रहरी र स्थानीयबीच झडप समेत भएको थियो । स्थानीयको विरोधपछि डोजर चल्न दिइएको छैन् ।काठमाडौं महानगरपालिकाले कुनै जानकारी नदिई एकाएक साततलेमा डोजर चलाएको स्थानीयको भनाइ छ ।