पहिलो साता 'आरआरआर'को कमाइ कति ?

पहिलो साता 'आरआरआर'को कमाइ कति ?

एसएस राजामौलीद्वारा लिखित तथा निर्देशित फिल्म 'आरआरआर'ले वर्ल्ड वाइड बक्स अफिसमा भारु ७ अर्बभन्दा बढी कमाएको छ। प्रदर्शनमा आएको सातौँ दिनमै फिल्मले  ७ अर्बको आँकडा पार गरेको हो। 

२ अर्ब ५० करोडभन्दा बढी कलेक्सन गर्दै भारतीय फिल्म इतिहासमा सबैभन्दा ठूलो ओपनिङ गरेको फिल्म शुक्रबारदेखि दोस्रो हप्तामा प्रवेश गरेको छ। फिल्मले पहिलो दिन भारतमा मात्रै १ अर्ब ५० करोडभन्दा बढी कमाइ गरेको थियो। जुन घरेलु बक्स अफिसमा पनि नयाँ कीर्तिमान हो। 

विश्वभरबाट ७ अर्ब १० करोडभन्दा बढीको कमाइ गर्दा फिल्मले भारतमा मात्रै ५ अर्ब ५० करोडभन्दा बढी कलेक्सन गरिसकेको छ। प्रदर्शनमा आएको पहिलो हप्तामै 'आरआरआर' सर्वाधिक कमाइ गर्ने भारतीय फिल्मको सूचीमा छैटौँ नम्बरमा पुगेको छ। 'सुल्तान', 'पद्मावत', 'बाहुबली', 'सन्जु' लगायतका फिल्मको बक्स अफिस कलेक्सनलाई 'आरआरआर'ले एक हप्तामै पछि पारेको हो।