कारागारमुक्त भएपछि माइतीघर मण्डलामा रेशम चौधरी (फोटोफिचर)

कारागारमुक्त भएपछि माइतीघर मण्डलामा रेशम चौधरी (फोटोफिचर)

काठमाडौं, १५ जेठ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी पाएपछि टिकापुर घटनामा दोषी ठहर भई सजाय भुक्तान गरिरहेका रेशम चौधरी आज रिहा भएका छन् । गणतन्त्रको अवसरमा सरकारको सिफारिसमा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई आममाफी दिएका हुन् ।

आममाफी पाएपछि सोमबार बिहान डिल्लीबजार कारागारबाट उनी रिहा भएका हुन् । सात सुरक्षाकर्मी र एक बालकको ज्यान जानेगरी भएको टीकापुर घटनामा दोषी भई आजीवन काराबासको सजाय भोगिरहेका उनी कारागारमुक्त हुँदा नागरिक उन्मुक्ति पार्टीका नेता तथा कार्यकर्तासहित उनका समर्थक डिल्लीबजार कारागार परिसर पुगेका थिए । रिहा भएका चौधरीलाई समर्थकहरुले अविर र फूलमाला लगाइदिएर स्वागत गरे ।

रिहा भएसँगै पुल्चोकस्थित मन्त्री क्वाटर पुगेर माइतीघर मण्डलामा आएका चौधरीलाई नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ताहरुले फूलमाला र खादाले स्वागत गरे । रेशमी पत्नी रन्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री छिन् ।