घुस रकमसहित समातिए चाबहिल नापीका कर्मचारी

घुस रकमसहित समातिए चाबहिल नापीका कर्मचारी

नापी कार्यालय चाबहिलका २ कर्मचारीहरु एक लाख घुससहित लगनखेलबाट समातिएका छन् । नापी कार्यालय चाबहिलका सर्भेक्षक विनोद केसी र अमिन प्रकाशराज भट्टराई मंगलबार साझ अख्तियारको टोलीले लगनखेलको सडकबाटै गिरफ्तार गरेको हो ।

अख्तियार श्रोतले दिएको जानकारी अनुसार बूढानीलकण्ठ नगरपालिकाको वडा नम्बर ३मा रहेको १२ आना जग्गा हाल साविक गर्नका लागि भन्दै उनीहरुले घुस लिएका थिए । 

घुस रकम लिएर बूढानीलकण्ठबाट निवासतर्फ गइरहेको बेला ललितपुरको लगनखेलको सडक किनाराबाट दुवै जनालाई १ लाख नगदसहित नियन्त्रणमा लिइएको अख्तियारले बताएको छ ।