कोलम्बियामा पहिरोमा परी कम्तिमा १८ जनाको मृत्यु

कोलम्बियामा पहिरोमा परी कम्तिमा १८ जनाको मृत्यु


काठमाडौं । कोलम्बियामा पहिरोमा परी कम्तिमा १८ जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् । शुक्रबार भएको घटना शनिबार ढिला गरी सार्वजनिक भएको हो ।क्विब्डो र एन्टिओकिया विभागको राजधानी मेडेलिन बीचको सडकमा पहिरो खसेको र धेरै मानिसहरू र सवारी साधनहरू फसेका कोलम्बियाका उपराष्ट्रपति फ्रान्सिया मार्केजले पुष्टि गरे । कम्तीमा ३५ जना घाइतेहरूलाई विभिन्न अस्पतालमा लगिएको राष्ट्रिय विपद् जोखिम व्यवस्थापन इकाईले जनाएको छ ।

कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले घटनालाई (भयानक त्रासदी) भनेका छन् र अधिकारीहरूलाई प्रकोपबाट प्रभावितहरूलाई सहयोग गर्न सक्दो सहयोग गर्न आग्रह गरेका छन् । कोलम्बियन एयरोस्पेस फोर्स घाइतेहरूलाई उद्धार गर्न हेलिकप्टर प्रयोग गरेको छ । घटनास्थलमा रहेका प्रत्यक्षदर्शीले स्थानीय सञ्चारमाध्यमलाई भने कि विपद् अघि झन्डै ५० जना मानिस भारी वर्षाका कारण घरमा आश्रय लिएका थिए, त्यो घर नै अचानक पहिरोले पुरिएको थियो ।