कोशी प्रदेशसभाको बजेट अधिवेशन सुरु हुँदै, प्रदेश सभा घेर्ने पहिचानवादीको तयारी

कोशी प्रदेशसभाको बजेट अधिवेशन सुरु हुँदै, प्रदेश सभा घेर्ने पहिचानवादीको तयारी

काठमाडौं, १४ जेठ । आजदेखि कोशी प्रदेशसभाको बजेट अधिवेशन सुरु हुँदैछ । गत पुस १७ गते प्रदेशको नामाकरण पछि प्रदेशसभाको बैठक स्थगित गरिएको थियो । त्यसपछि पहिचानवादीको प्रदर्शन र आन्दोलनका कारण प्रदेशसभाको बैठक नै नबसी हिउँदे अधिवेशन अन्त्य भएको थियो । आज दिउँसो २ बजे प्रदेशसभा बैठक बस्दैछ ।

प्रदेशको बजेट अधिवेशनलाई लक्षित गर्दै पहिचानवादीहरुले भने आज बिहानैदेखि प्रदेश सभा भवन अगाडि प्रदर्शन गर्ने तयारी गरेका छन् । गत फगुन १७ गते प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर असन्तुष्ट छन् । प्रदेश १ पुनः नामाङ्कन संघर्ष समिति गठन गरेर आन्दोलनमा उत्रिएका पहिचानवादीले आज बिहानैदेखि प्रदेश सभा अगाडि प्रदर्शन गर्ने तयारी गरेको हो ।