कास्की प्रहरीको हिरासतमा रवि लामिछाने, आइतबार अदालतमा उपस्थित गराइने 

कास्की प्रहरीको हिरासतमा रवि लामिछाने, आइतबार अदालतमा उपस्थित गराइने 

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले टोलीले पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई कास्की प्रहरीको जिम्मा लगाएको छ । शुक्रबार साँझ काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ गरेर सडकमार्ग हुँदै पोखरा ल्याएको सीआईबीले शनिबार बिहानका करिब ३ बजेतिर कास्की प्रहरीको जिम्मा लगाएको जनाएको छ । 

राभरको पार्टी कार्यकर्ताको अवरोध र नाराबाजी छल्दै लामिछानेलाई सडकमार्ग हुँदै पोखरा पुर्याइएको हो । सीआईबीले सुरुमा रविलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गराएर जिल्ला प्रहरी कार्यालय कास्कीमा पु¥याइएको थियो । उनी अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । 

रविलाई पोखरामा पुर्याएर कास्की प्रहरीको हिरासतमा राखेपछि रास्वपा उपाध्यक्षद्वय स्वर्णिम वाग्ले र डिपी अर्यालसँगै रविपत्नी निकिता पौडेलले भेट गरेका थिए । सडकमार्गबाट पोखरा जानेक्रममा बाटोमासमेत ठाउँठाउँमा रविको समर्थनमा नाराबाजी गर्न कार्यकर्ता सडकमा उपस्थित भएका थिए । उनीहरुले सकारकारको विरोध गर्दै रविको पक्षमा नाराबाजी गरेका थिए ।

पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेमाथि सूर्यदर्शन लगायतका सहकारीको रकम ठगीको आरोप छ । सांसद सूर्यबहादुर थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले लामिछानेले सहकारी बचत अपचलन गरेको निष्कर्ष निकाल्दै अनुसन्धान गर्न प्रहरीसमक्ष सिफारिस गरेको थियो ।लामिछानेलेलाई आज शनिबार सार्वजनिक बिदा परेका कारण आइतबार मात्रै अदालतमा उपस्थित गराइने जनाइएको छ ।