काबुलका दुई विद्यालयमा बम विस्फोट: ६ जनाको ज्यान गयो, केही घाइते

काबुलका दुई विद्यालयमा बम विस्फोट:  ६ जनाको ज्यान गयो,  केही घाइते

अफगानिस्तानको राजधानी काबुलमा मंगलबार बिहान विद्यालयमा बम विस्फोट भएको छ। आक्रमणकारीले दुई विस्फोट गराएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। घटनामा परी कम्तीमा छ जनाको मृत्यु भएको छ भने अन्य केही घाइते  भएका छन्।

काबुलको पश्चिमी क्षेत्रमा भएका विस्फोटनका घटना मध्ये पहिलो विस्फोटन मुम्ताज विद्यालयमा भएको हो। त्यसैगरी दोस्रो विस्फोटन भने राजधानी काबुलकै डाश्त ए बार्ची जिल्लामा भएको हो। त्यो पनि विद्यालय नजिकै भएको थियो। दुवै विस्फोटनका घटनामा परी घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले जनाएका छन्