पछिल्लो २४ घण्टामा कति थपिए कोरोना संक्रमित ?

पछिल्लो २४ घण्टामा कति थपिए कोरोना संक्रमित ?

पछिल्लो २४ घण्टामा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५१६ जनाको पीसीआर परीक्षण गर्दामा १६ जना र १ हजार ३१९ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जना गरी २२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ७५ जना निको भएका छन् भने कसैको पनि मृत्‍यु भएको छैन । हाल देशभर १ हजार २२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ९७१ जना होम आइसोलेसनमा रहेका छन् भने ५१ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ५५९ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९८१ पुगेको छ भने ९ लाख ६५ हजार ४६९ जना संक्रमणमुक्त भएका छन् ।