नेपालले पीएनजीलाई दियो १६९ रनको लक्ष्य

नेपालले पीएनजीलाई दियो १६९ रनको लक्ष्य

त्रिकोणात्मक टि- २० अन्तर्राष्ट्रिय क्रिकेटको फाइनलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई जितका लागि १ सय ६९ रनको लक्ष्य दिएको छ।  त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको हो । नेपालका लागि बिस्फोट ब्याटिङ गरेका दीपेन्द्रसिंह ऐरीले आउट नभइ ५४ रन बनाए। ३८ बल खेलेका उनले ५ चौका प्रहार गरे। १२ बल खेलेका करण केसी एक छक्का र ५ चौका प्रहार गर्दै ३३ रनमा अविजित रहे। 

आसिफ शेखले २९, कुशल भुर्तेल २५ रन बनाउँदा रोहित पौडेल २ रन बनाउँदै आउट भए। आरिफ शेख र दिलिप नाथ शून्य रनमा पेभिलियन फर्किए। अब पिएनजीले केहीबेरमा जवाफी ब्याटिङ सुरु गर्नेछ। यसैबीच, नेपालका दिपेन्द्रसिंह ऐरीले एक हजार रन पूरा गरेका छन्। उनी नेपालबाट टि-२० अन्तर्राष्ट्रियमा सबैभन्दा धेरै रन बनाउने खेलाडी भएका छन्। उनको १ हजार ३३ रन पुगेको छ।  उनले मलेसियाविरुद्धको पछिल्लो खेलमा अविजित १ सय १० रन बनाएका थिए, जुन नेपाली खेलाडीको टि- २० मा उच्च स्कोर पनि हो ।

नेपाल सिरिजको ४ खेलमा ४ खेल जित्दै फाइन प्रवेश गरेको हो भने पीएनजी ४ खेल मध्ये १ खेल जित्दै कुल रनरेटका आधारमा मलेसियालाई पछि पार्दै फाइनल प्रवेश गरेको हो।