‘खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐनको परीक्षण प्रतिवेदन सार्वजनिक

‘खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐनको परीक्षण प्रतिवेदन सार्वजनिक


काठमाडौं । ‘खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ को दफा १९ को जलवायु परिवर्तनबाट हुने असर न्यूनीकरण सम्बन्धी व्यवस्थाको परीक्षण प्रतिवेदन’ राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले सार्वजनिक गरेको छ ।

समितिले ऐनमा उल्लिखित दफा कार्यान्वयनको अवस्था र प्रभाव लगायतका विषयको अध्ययन गर तयार गरेको प्रतिवेदन सार्वजनिक गरेको हो ।
जलवायु परिवर्तनबाट खाद्य उत्पादनमा पर्नसक्ने प्रभाव र त्यसबाट हुने जोखिम न्यूनीकरणका लागि आवश्यक सुझाव प्रतिवेदनमा छ। जलवायु परिवर्तनले खाद्यान्नमा परेको असरहरुबारे सरकार गम्भीर हुनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

जलवायु परिवर्तनको असरबारे किसानलाई जानकारी गराउन सरकारलाई सुझाव दिइएको छ । त्यस्तै, स्थानीय तहमै बिउबीजन बैंक स्थापना गर्नुपर्ने, कृषि उपजको क्षेत्रको थप विकासका लागि कार्यक्रम सञ्चालन गर्नुपर्ने लगायतका सुझाव पनि छ ।