गायक प्रकाश सपूत ‘सकम्बरी’ भिडियो हटाउन रात्रिकालीन व्यवसायी संघको माग

1.

ट्रेन्डीङमा रहेको ‘सकम्बरी’ नेपाली म्युजिक भिडियो हटाउन माग गरिएको छ। गत हप्ता युट्युबमा रिलिज भएको सर्जक प्रकाश सपूतको नयाँ गीत ‘सकम्बरी’का भिडिओ हटाउन रात्रिकालीन व्यवसायी संघले माग गरेको हो।  

आज उक्त व्यवसायिक संघले एक प्रेस विज्ञप्ति जारि गर्दै गीतले रात्रिकालीन व्यवसायमा संलग्न सबै छोरीचेलीहरु देहव्यापारमा लागेको जस्तो सन्देश गएको जनाएको छ। "गीतसंगीत देशको अभिन्न अंग हो, कलाकार देशका गहना हुन् उक्त गीत संगीतको माध्यमबाट जे संदेश जे सन्देश दिन खोजियो समाजमा त्यसको प्रत्यक्ष असर पर्दछ। " प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।  

यस्तै सोहि विज्ञप्ति अनुसार गायक प्रकास सपुत आफु चर्चित हुनलाई यस्ता "अपाच्य" गीत ल्याएका हुन्।  नेपाली नारीहरुले आफ्नो दुख मोचन, पौरख, संघर्ष र श्रमबाट होइन बेचेर गर्छन भन्ने देखाएर कस्तो संस्कृति र भाष्य निर्माण गर्न खोजिएको भन्दै महासंघले प्रश्न गरेको छ।  

 "कलाकारिता क्षेत्रमा आउने सबै प्रतिभाहरू तपाईँको भनाइमा वेश्यावृत्ति गरेर नै आएका र स्थापित भएका हुन् त ? महिलाले राम्रो अवसर पाउन र चर्चित हुन आफ्नो शरीर बेचेकै हुन्छन् वा बेच्नु नै पर्छ ? त्यो क्षेत्रमा कलाको कुनै मूल्य नै छैन ? मेहनत र संघर्षको बाटो नै छैन ? के रात्रिकालीन व्यवसायमा संलग्न सबै नारी/छोरीहरू देहव्यापार नै गर्न गएका हुन्छन् त ?" विज्ञप्तिमा उल्लेख गरिएको छ। 

यस्तैगरि संघले सोहि विज्ञप्तिमार्फत गायक सपुतलाई भूईंमान्छेबाट उठेर संघर्ष गरी नेपाली कला क्षेत्रमा स्थापित हुन लागेको व्यक्तिले नेपाली समाजमा छोरी/नारीको बारेमा निर्माण गर्न खोजेको विम्ब यहि रहेको समेत उल्लेख गरेको छ। "तपाईँ जस्तो भूईंमान्छेबाट उठेर संघर्ष गरी नेपाली कला क्षेत्रमा स्थापित हुन लागेको व्यक्तिले नेपाली समाजमा छोरी/नारीको बारेमा निर्माण गर्न खोजेको विम्ब यही हो त ? ।"