गरिमा विकास बैंकको १२२ औं शाखा कार्यालय कीर्तीपूरमा

गरिमा विकास बैंकको १२२ औं शाखा कार्यालय कीर्तीपूरमा

काठमाडौं, १२ असोज । गरिमा विकास बैंक लिमिटेडले आफ्नो १२२ औं शाखा कार्यालय कीर्तीपूरमा खोलेको छ । आर्थिक समृद्धि एवं गतिलाई तीव्रता दिने उद्देश्यका साथ आफ्नो १२२ औं शाखा कार्यालय सञ्चालन गरेको बैंकले बताएको छ ।

हाल, यस विकास बैंकले नेपालभर १२२ शाखा कार्यालय तथा ५० एटिएम एवं डिजिटल बैकिङमार्फत सरल, सुरक्षित र गुणस्तरीय बैकिङ सेवा प्रवाह गर्दै आएको छ।

विगत १६ वर्ष देखि निरन्तर गुणस्तरीय एवं सुरक्षित बैकिङ् सेवा प्रदान गर्दै आईरहेको यस गरिमा विकास बैंकले देशको विभिन्न स्थानमा शाखा विस्तार गर्दै आईरहेको छ। काठमाडौं उपत्यकाको ऐतिहासिक एवं सुन्दर शहर कीर्तिपुर व्यापारिक दृष्टिले समेत निकै महत्वपूर्ण मानिन्छ ।