ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका


काठमाडौं। आज ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । बैंकले मङ्सिर २८ गते १७औँ वार्षिक साधारण सभा डाकेको छ । साधारण सभा प्रयोजनका लागि बैंकले मङ्सिर १३ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ।

जस अनुसार, आजसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश र सभामा भाग लिन पाउने छन्। सभा मङ्सिर २८ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ९ बजेदेखि शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पुँजीको १ प्रतिशतका दरले बोनस सेयर र कर सहित ८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसै गरी, सभाले प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयर धनीको तर्फबाट ३ जना र सर्वसाधारण सेयर धनीको समूहबाट ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने छ।