ग्लोबल आईएमई लघुवित्तद्वारा लाभांश घोषणा

ग्लोबल आईएमई लघुवित्तद्वारा लाभांश घोषणा


काठमाडौं । ग्लोबल आईएमई लघुवित्तले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई कर प्रयोजनसहित चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले लाभांश पाउने छन् ।कम्पनीले यस पटक बोनस सेयर नदिने भएको छ ।

कम्पनीले गत आर्थिक वर्ष ८ प्रतिशत नगद र १२ प्रतिशत बोनस सेयरसहित २० प्रतिशत लाभांश प्रदान गरेको थियो । आइतबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८२२ रुपैयाँ ६० पैसा छ ।