बागमती प्रदेशमा गाडीभाडा बढ्यो, अब कहाँ जान कति लाग्छ ?

बागमती प्रदेशमा गाडीभाडा बढ्यो, अब कहाँ जान कति लाग्छ ?

वाग्मती सरकारले प्रदेशभित्र चल्ने छोटो दुरीका सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै यातायात व्यवसायीको दबाबमा श्रम रोजगार तथा यातायात मन्त्रालयले दुई रुपैयाँले भाडा बढाएको हो । 

अब यात्रुले किलोमिटरका आधारमा भाडा तिर्नुपर्ने छ । जसअनुसार पाँच किलोमिटरसम्म यात्रा गर्दा २० रुपैयाँ, १० किलोमिटरसम्म २५ रुपैयाँ १५ किलोमिटरसम्म ३० र २० किलोमिटरसम्म ३३ रुपैयाँ तिर्नुपर्ने छ ।