आजदेखि सञ्चालनमा आयो अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल

आजदेखि सञ्चालनमा आयो अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल

निर्माण सम्पन्न भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा आजबाट जहाजको उडानरअवतरण सुरु भएको छ । एरो थाई कम्पनीबाट विमानस्थलको क्यालिब्रेसन उडान भइसकेपछि यसको रिर्पोट नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो प्रणालीमा प्रकाशित गरेको थियो ।

यस्तो रिर्पोटका आधारमा उडानरअवतरणसँग सम्बन्धित प्रणालीहरु नयाँ धावनमार्गमा आधारित भएर वायुसेवा कम्पनीहरुले आफ्नो वायुयानमा अपलोड गर्छन् । यस्तो समयावधि ४२ दिनको राखिएको हुन्छ ।
सोही अनुसार नयाँ धावनमार्ग बिहीबारबाट सञ्चालनमा आएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।

अब यो विमानस्थलमा आन्तरिक तथा बाहृय सबै प्रकारका जहाजले उडान तथा अवतरण गर्न सक्छन् । बिहीबार बिहान यति एयरलाइन्सको जहाज नयाँ धावनमार्गबाट काठमाडौंका लागि उडेको छ ।