घट्यो सुनको भाउ, आज कति छ ?

घट्यो सुनको भाउ, आज कति छ ?

काठमाडौ, २४ साउन । सुनको भाउ लगातार तीनदिन घटेको छ । यो तीनदिनमा सुनको भाउ भने ५०० रुपैयाँले घट्न पुगेको छ । जसमा सोमवार मंगलवार सुनको भाउ क्रमशः १०० र ३०० रुपैयाँले घटेको थियो । त्यसैगरी आज १०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेर १ लाख १२ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार ४५० रुपैयाँ निर्धारण भएको छ ।

मंगलवार छापावाल सुन १ लाख १२ हजार १०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ११ हजार ५५० रुपैयाँ निर्धारण भएको थियो । आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर तोलाको १३ सय ९० रुपैयाँ कायम भएको छ । मंगलवार चाँदीको भाउ प्रतितोला १४ सय रुपैयाँ कायम रहेको थियो ।